कञ्चनपुर, २३ जेठ । गर्मी अत्याधिक बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले यहाँका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा ४ दिन बिदा दिने निर्णय गरेको छ।
सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै भोलि २४ गते मंगलबार देखि २७ गते शुक्रबारसम्म बिदा दिने निर्णय गरेको हो ।गर्मीले विद्यार्थी र शिक्षको स्वास्थ्यमा प्रतिकूल असर परेकाले लामो बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको नगरपालिकाले जनाएको छ।