माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

 धनगढी, २३ जेठ/धनगढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ सी गाउँका ३१ वर्षीय शैलेन्द्र रोकाया रहेका छन्।

आइतबार सोही ठाउँको काने खोलामा करेन्टबाट माछा मार्दै गर्दा करेन्ट लागेर उनी घाइते भएका थिए। 

उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटना सम्बन्धमा आवश्यक अनुसनधान भइरहेको प्रहरीले बताएको छ।