सलमान खानलाई ज्यान मार्ने धम्की


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
सलमान खानलाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खान र उनका पिता सलिम खानलाई आइतबार ज्यान मार्ने धम्कीसहितको चिट्ठी प्राप्त भएको छ । मुम्बई प्रहरीले यो मामिलामा एफआइआर दर्ता गरेको छ ।

समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै आइतबार बिहान एक अज्ञात व्यक्तिले सलिम खानलाई उक्त चिट्ठी दिएको जानकारी दिए ।

अधिकारीले दिएको जानकारी अनुसार मर्निङ वाकपछि सलिम खान बान्द्राको ब्यान्डस्ट्यान्डमा बेन्चमा बसिरहेका बेला एक व्यक्तिले उनलाई एउटा चिट्ठी दिए जसमा उनले सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन् ।