आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज सोमबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा नेपालले तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल बिहान ११ बजे शुरू हुनेछ ।
नेपाल आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।
नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।