बेलौरी, २२ जेठ/सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर जिल्लास्थित लालझाडी गाउँपालिकालाई राना साँस्कृतिक पर्यटकीय गाउँको रुपमा विकास गर्ने भएको छ । आदिवासी रानाथारु जातिको सघन बसोबास रहेको सो गाउँपालिकालाई राना साँस्कृतिक पर्यटकीय गाउँको रुपमा विकास गर्न लागिएको हो ।
आइतबार सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीद्वारा आव २०७९÷२०८० को प्रस्तुत नीति तथा कार्यक्रममा सो कार्यक्रम उल्लेख गरिएको छ । नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्रै बसोबास रहेको रानाथारु जातिलाई नेपाल सरकारले अलग्गै आदिवासीको रुपमा सूचीकृत गरेको छ ।