‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’’ का प्रतियोगिता हुने


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’’ का प्रतियोगिता हुने

डोटी,२२ जेठ । गङ्गा दशहरा मेलाका अवसरमा ‘‘सुन्दर सुदूरपश्चिम, खप्तड शैलेश्वरी म्याराथन २०७९’’ का प्रतियोगिता हुने भएको छ । आइतबार दिपायलमा संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै गङ्गा दशहरा मेलाका अवसरमा खप्तड शैलेश्वरी म्याराथन,भलिबलका साथै डेउडा प्रतियोगिता कार्यक्रम हुने आयोजकले जनाएको हो ।उद्योग वाणिज्य संघ  ,श्री नम्बर ५ बाहिनी अड्डा राजपुर, भैरव प्रसाद गण, सिलगढीको संयुक्त आयोजनामा यही जेठ २४ गतेदेखि २८ गतेसम्म उक्त कार्यक्रम गरिने डोटी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खेम भण्डारीले बताए ।

खप्तडको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व दर्शाउने हेतुले सुदूरपश्चिमको पर्यटन प्रवर्धनलाई ध्यानमा राखी आन्तरिक तथा बाह्य पर्यटनमा थप टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भैरव प्रसाद गण सिलगढीका प्रमुख सेनानी जनमत किर्किले बताए । यस्तै सोही  अवसरमा भलिबल प्रतियोगिता, डेउडा प्रतियोगिता र योग शिविरसमेत सञ्चालन गरिने भएको छ । 

खप्तडको त्रिवेणीदेखि सिलगढी शैलेश्वरी मन्दिरसम्म ३२ किमी को दूरी रहेको छ ।  म्याराथनमा ४० जना धावकहरू सहभागी हुने भएका छन् ।दोस्रो खण्डको रन फर फन म्याराथन पनि रहेको छ । उक्त म्याराथन खप्तडको त्रिवेणी देखि झिग्राानासम्म तोकिएको छ। उक्त म्याराथनको दुरी १६ किमी रहेको छ । म्याराथनमा प्रथम, दोस्रो र तेस्रो हुनेहरूको लागि पुरस्कारको राशि क्रमशः १ लाख, ७५ हजार, ५० हजार राखिएको छ।

त्यस्तै ५ जनालाई १० हजारका दरले सान्त्वना पुरस्कार दिइने छ भने म्याराथन दौड पुरा गर्ने अन्य ३२ जनालाई प्रोत्साहन स्वरूप ३ हजारका दरले रकम उपलब्ध गराइने समेत व्यवस्था गरिएको छ। त्यस्तै भलिबल र डेउडा प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरूलाई क्रमशः २५ हजार १५ हजार र १० हजार उपलब्ध गराइने छ।