सुखड,२२ जेठ । कैलालीको घोडाघोडी नगरपालिकाका १ सुखडमा कृषक तथा सरोकारवाला निकाय संग अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कृषि विकाश शाखाको आयोजनामा भएको कार्यक्रममा यस क्षेत्रका नवनिर्वाचित जनप्रतिनिधि, कृषक तथा सरोकारवाल निकायहरूको सहभागीता रहेको थियो ।
सरोकारवाल निकाय सँग कृषिका समस्या पहिचान तथा प्राथामिकिकरण गर्नको लागी कार्यक्रम गरिएको शाखाले जनाएको छ । कृषिका समस्या पहिचान गर्नको लागी समूहगत रूपमा छलफल गरिएको थियो । समूहगत रूपमा वास्तविक किसानको पहिचान हुन नसक्नु,कृषि सामाग्रीको समस्या,जग्गाको खण्डीकरण हुँदै जानु, सीमित स्रोत साधन,सिचाइको समस्या जस्ता पहिचान जस्ता कुराहरूको उनीहरूले टिपोट गरेका थिए ।
समूहगत रूपमा आएका समस्या पहिचान तथा समाधानका उपायहरू आव आउने नीति तथा कार्यक्रममा समेट्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य लगायत बिभिन्न सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।