डोकोमा बोकेर लगेका वृद्धको भीरबाट लडेर मृत्यु


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
डोकोमा बोकेर लगेका वृद्धको भीरबाट लडेर मृत्यु

सुर्खेत, २२ जेठ/सुर्खेतको चिङ्गाड गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि डोकोमा बोकेर लगिएका एक वृद्धको भीरबाट लडेर मृत्यु भएको छ ।
वडा नं. २ काफलकाँडाका नन्दवीर खड्काको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किंदै गर्दा मृत्यु भएको वडा अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिए । वडाअध्यक्ष खड्का अनुसार अन्दाजी ८०/८५ बर्षिय खड्कालाई वडा नं. ३ स्थित ठाँटी बजारमा रहेको सानीमा बैंकको शाखामा भत्ता बुझ्नका लागि उनका छोराहरूले डोकोमा बोकेर लगेका थिए । घर फर्किने क्रममा चिङ्गाड खोलाको राजीकुना भन्ने ठाउँमा बोक्ने व्यक्ति (छोरा)को खुट्डा चिप्लिदा दुबै जना लडेका थिए । बृद्ध खड्काको घटनास्थलमै मृत्यु भएको र छोरालाई भने सामान्य चोट पटक लागेको वडा अध्यक्ष खड्काले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले गाउँपालिका भौगोलिक हिसाबले विकट भएकाले सामाजिक सुरक्षा बुझ्न बैंक सम्म आइपुग्ने नागरिकहरूले सास्ती खेप्नु परेको बताए । सम्बन्धित वडाबाटै भत्ता वितरणका लागि चाँडैले बैंकसंग छलफल गर्ने अध्यक्ष जिसीको भनाइ छ ।