लम्की, कैलाली –
धनगढी, २१ जेठ/शनिबार साझदेखि मालिका टेलिभिजनको फेसबुक पेज ह्याकरले कब्जामा लिएको छ । ह्यकर समूहले टेलिभिजनको अफिसियल फेसबुक पेज ह्यक गरि नियन्त्रणमा लिएको मालिका टेलिभिजनका प्रबन्ध निर्देशक रमेश बजगाईले जनाए ।
टेलिभिजनको बहुचर्चित कार्यक्रम “जनबाेली” का कार्यक्रम सञ्चालक समेत रहेका निर्देशक बजगाईले ह्यकर समूहले नियन्त्रणमा लिएको पेजबाट आउने विभिन्न किसिमका म्यासेजहरु तथा पाेष्टहरुमा लाईक कमेन्ट तथा रिप्लाई नगर्न समेत अनुरोध गरेका छन् । कैलालीको लम्की बाट एक साथ सञ्चालनमा आएको मालिका एफएम र मालिका टेलिभिजनले विगत लामो समयदेखि सुदूरका समस्या उठाइ समाधानको प्रयत्न समेत गरिरहेको थियो ।
सुदूरपश्चिमका बहुचर्चित पत्रकार रमेश बजगाईले सञ्चालन गर्ने उक्त कार्यक्रममा भ्रष्टाचार अनियमितताका विषयलाई प्राथमिकतामा राखि बुलन्द आवज समेट्दै भुईमान्छेका कथाहरु समेत रेडियो र टेलिभिजनमा एकसाथ देखाइथ्याे । यद्यपि, यस्ता गतिविधिलाई नरुचाउने र “जनबाेली” काे चपेटामा परेको एक घाइते अराजक समूह विगत लामो समयदेखि मालिका टेलिभिजन बिरुद्ध विभिन्न षड्यन्त्र अपनाइरहेको निर्देशक बजागाईले बताए ।
उनले समस्या समाधानका र कार्वाहीका निमित्त साइबर क्राइम ब्युरो र आइटी टिम संग छलफल भइरहेकाले सम्पूर्ण मालिका टेलिभिजनका आम-दर्शक महानुभावहरु प्रति धर्यरहन आग्रह समेत गरेका छन् ।