छोराको कुटपिटबाट आमा गम्भीर घाइते , छोरा फरार


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
छोराको कुटपिटबाट आमा गम्भीर घाइते , छोरा फरार

  धनगढी, २१ जेठ/कैलालीमा आफ्नै छोराको कुटपिटबाट एक आमा गम्भीर घाइते भएकी छन्। जिल्लाको टीकापुर नगरपालिका १ का २४ वर्षीय सागर शाहीले ४५ वर्षीया आमा मीना शाहीको टाउकोमा ढुङ्गाले हानेर गम्भीर घाइते बनाएका हुन्। 

उनले शनिबार राति १० बजे घरायसी कुरामा विवाद हुँदा आफ्नै आमाको टाउकोमा ढुङ्गाले हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएकी मीनालाई उनका आफन्तले टीकापुर अस्पताल पुर्‍याएका थिए।अस्पतालमा सामान्य उपचारपश्चात उनलाई थप उपचारका लागि राति नै कोहलपुर मेडिकल कलेज रिफर गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

आमा मीनालाई ढुङ्गा हानेर छोरा सागर फरार भएका र उनको खोजी कार्य भइरहेको प्रवक्ता जोशीले बताए।