राजधानीमा पूर्वाधार नबनेकामा आलोचना


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
राजधानीमा पूर्वाधार नबनेकामा आलोचना

धनगढी, २० जेठ/ प्रदेश सभाको बजेट अधिवेशनमा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकताको छलफल तेस्रो दिन पनि जारी छ । छलफलमा भाग लिने धेरैजसो सांसदहरूले चार वर्षमा पनि प्रदेश राजधानीका लागि पूर्वाधार निर्माण हुन नसकेकोमा सरकारको आलोचना गरेका छन् ।

बिहीबारको छलफलमा सहभागी सांसदहरूले अन्तिम वर्षमा भए पनि एउटा मात्रै गतिलो र सम्झन लायक योजना छनोट गर्नुपर्नेमा जोड दिए । एकीकृत समाजवादीकी सांसद माया भट्टले घोषणा भइसकेको राजधानीमा पूर्वाधार विकासका लागि ढिलै भए पनि काम सुरु गर्न बजेट विनियोजन गर्नुपर्ने बताइन् ।

बिहीबारको छलफलमा सहभागी सांसदहरूले अन्तिम वर्षमा भए पनि एउटा मात्रै गतिलो र सम्झन लायक योजना छनोट गर्नुपर्नेमा जोड दिए । एकीकृत समाजवादीकी सांसद माया भट्टले घोषणा भइसकेको राजधानीमा पूर्वाधार विकासका लागि ढिलै भए पनि काम सुरु गर्न बजेट विनियोजन गर्नुपर्ने बताइन् ।

बजेटको नीति तथा सिद्धान्त छोटो र संक्षिप्त बनाउनु राम्रो भए पनि जानाजान विभेदकारी बनाइएको उनको आरोप थियो । सांसद मालमति कुमारी राना चार वर्षसम्म हात पर्‍यो शून्य भएको बताइन् । ‘लेखेर केही हुन्न,’ उनले भनिन्, ‘नियत सफा हुनुपर्छ ।’ जाति र समुदायका आधारमा कोटा निर्धारणभन्दा पनि गरिबीका आधारमा कोटा निर्धारण गर्नुपर्नेमा उनको जोड थियो । ‘पुरानै ढर्राको बजेटको सिद्धान्त र प्राथमिकता आयो,’ उनले भनिन् ‘तराईको कृषियोग्य जमिन खण्डीकरण गरेर घरघडेरी भइसक्यो ।’

एकीकृत समाजवादीकी सांसद चुनकुमारी चौधरीले मलको अभावले किसानहरूले तड्पिनुपर्ने अवस्था रहेको बताइन् । तराईका जिल्लामा सिकलसेलको समस्याका बारेमा बजेट प्राथमिकता किन नराखेको भन्ने उनको प्रश्न थियो । कांग्रेस सांसद उमा वादीले विपन्न समुदायका परिवारलाई स्वास्थ्य बिमा गरियोस् भन्ने माग राखिन् । वादी समुदायले सामाजिक सुरक्षा भत्ता नपाउने कारणमा प्रश्न गर्दै सांसद वादीले दलित ऐन कार्यान्यन गरिनुपर्नेमा जोड दिइन् । एकीकृत समाजवादीकी सांसद माया तामाङ बोहराले महिला सशक्तीकरणको नाममा हरेक वर्ष बजेट विनियोजन हुने गरेको भए पनि नतिजामूलक काम नहुने बताइन् ।