धनगढीको एक राइस मिल जलेर खरानी


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
धनगढीको एक राइस मिल जलेर खरानी

धनगढी, १९ जेठ। धनगढीमा रहेको गायत्री राइस मिलमा आगलागी भएको छ । धनगढी १५ कनरीमा रहेको उक्त मिलमा बिहीबार बिहान साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट मिलमा भएको सम्पूर्ण अन्न जलेर नष्ट भएको मिलका सञ्चालक किरण सिंहले जानकारी दिएका छन् । खरले छाएको भान्साबाट सल्किएको आगो मिलमा पसेपछि क्षतिको मात्रा बढेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

‘स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा लिइएको छ’, उनले भने, ‘घटनाबारे थप अनुसन्धान जारी छ ।’ आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

यता आगलागी भएर पटक–पटक सम्पर्क गर्दा पनि धनगढी उपमहानगरपालिकाको दमकल आउन ढिलासुस्ती गरेकाले स्थानीयले आक्रोशित बनेको प्रहरीको भनाइ छ ।