डडेल्धुरा, १९ जेठ /डडेल्धुरा अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। भागेश्वर गाउँपालिका–५ शिराड घर भएका प्रकाश थापा मगरकी ५ वर्षीया छोरी यनुसा थापा मगरको मृत्यु भएको हो ।
डाक्टरको लापरबाही कारण बालिकाको मृत्यु भएको बालिकाका आफ्न्तले आरोप लगाएका छन् । बिहीबार बिहान ५ बजे अस्पताल भर्ना भएपनि तीन घण्टासम्म डाक्टर नआउदा बालिकाको मृत्यु भएको मृतक बालिकाका आफ्न्तले बताएका छन् ।
बालिकाको उपचारका लागि बालिकाका आफन्तले डडेल्डधुरा प्रमुख जिल्ला अधिकारीदेखि अस्पताल ब्यवस्थनपन समितिका अध्यक्षसम्मलाई गुहारेका थिए ।
अस्पतालको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतक बालिकाको आफन्तले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाको राजीनामा र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.चेतराज भट्टको सरुवा हुनुपर्ने माग गर्दै शव नउठाउने बताएका छन् ।