भारतीय एसएसबीकाे ज्यादती, लालपुर्जा भएको जमिन जाेत्नमा राेक


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
भारतीय एसएसबीकाे ज्यादती, लालपुर्जा भएको जमिन जाेत्नमा राेक

बेलौरी,१९ जेठ/भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले कञ्चनपुरको बेलौरीमा एक नेपाली किसानलाई आफ्नै खेत जोत्नबाट रोक लगाएको छ । बेलौरी नगरपालिका १० भुडाका स्थानीय नेपाली किसान होरिलाल चौधरीलाई सीमा क्षेत्रमा रहेको खेत जोत्नबाट रोक लगाएको हो ।

बर्खे अन्नबाली लगाउन जोत्नका लागि टेक्टर जमिनतिर लगिरहेका नेपाली किसानलाई टेक्टर फकाईदिएको छ । ‘बुधबार खेत जोत्नका लागि टेक्टर लगेर खेततिर गईरहेका थिए, ‘नेपाली किसान चौधरीले भने, ‘एसएसबी आएर यो जमिन भारतमा पर्छ भन्दै फकाईदियो ।’ भारतीय एसएसबीले गुगल अनुसार उक्त जमिन भारतमा पर्ने भएकाले यहाँ जोत्न पाईदैन भन्दै बषौँदेखि खेतीपाती गर्दै आएको जमिन जोत्नबाट रोकेको चौधरीले बताए ।

लालपुर्जाधारी जमिन भएको बताउदै चौधरीले भारतीय पक्षबाट नेपाली किसान मात्रै नभई नेपालीमाथि हस्तक्षेप भएको बताए । ‘यो हाम्रो लालपुर्जावाला जमिन हो, ०५६ सालमा सरकारले लालपुर्जा दियो, कर पनि तिरिरहेका छौँ, ‘उनले भने, ‘एक्कासी एसएसबी आएर खेत जोत्नबाट रोक्न थाले यो त अच्चमै भयो नि आफै लालपुर्जावाला जमिन खनजोतमा पनि भारतीय एसएसबीको अवरोध भयो ।’

बेलौरी नगरपालिका १० का वडाध्यक्ष सोमलाल चौधरीले नेपाल लालपुर्जाधारी जमिनमा भारतीय हस्तक्षेप रोक्नका लागि प्रशासनिक पहल हुनुपर्ने बताए । ‘जसरी भारतीय पक्षले आफ्नो जमिनका लागि अडान राख्छन, त्यसरी नै नेपाली पक्षले पनि अडान राख्नुपर्छ, ‘वडाध्यक्ष चौधरीले भने, ‘बषौँदेखि भोकचलन गर्दै आएको नेपाली पुर्जावाला जमिनमा भारतीय पक्षबाट हस्तक्षेप गरियो ।’

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर ऐरले उक्त समस्या बारे शुक्रबार भारतको कमलापुरीमा हुने दुई देशीय संयुक्त सीमा सुरक्षा बलको बैठकमा उठाएर समस्या समाधान गरिने बताए । ‘यो समस्या बारे मैले एकीन बुझ्न पठाएको छु, ‘सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘जसरी दुई देशका नागरिकले सीमा विवाद नहुँदासम्म उपभोग गर्दै आएका छन, त्यो उताबाट समेत गर्न दिनुपर्छ, हस्तक्षेप गर्नु हुँदैन ।’