काठमाडौँ,१८ जेठ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल सकिएको छ।
सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमाथि राष्ट्रिय सभामा सोमबार, मंगलबार र बुधबारसम्म छलफल भयो। छलफलका क्रममा सांसद्हरुले राखेका प्रश्नबारे बुधबार अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिए।
बुधबार सांसद्हरुले उठाएका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने क्रम सकिएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बजेट माथिको सामान्य छलफल सकिएको घोषणा गरे। उनले राष्ट्रिय सभाको आगामी बैठक बिहीबार दिउँसो १ बजे बस्ने जानकारी दिए।