बेलाैरी, १८ जेठ । बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको समुदायमा आधारित कञ्चन सामुदायिक विकास केन्द्रद्धारा बेलडाँडी गाउँपालिकाका नयाँ जनप्रतिनिधीहरुलाई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरी शुभकामना प्रदान गरेका छन् ।
बेलडाँडी गाउँपालिकाले नयाँ नेतृत्व पाएको र जनताको पक्षमा कामगरुन भन्ने आशाका साथ बधाई तथा शुभकामना दिइएको सामुदायिक विकास केन्द्रकी अध्यक्ष सरिता कुमारी रोकाया बोगटीले जानकारी गराउनु भयो । उहाँका अनुसार अहिलेको नयाँ टिमलाई जनताले विश्वासका साथ जिताएर पठाएको र जनताको पक्षमा काम गर्न आफुहरुको संस्थाले समेत हातेमालो गरेर अगाडी बढ्ने जानकारी गराउदै कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, विशिष्ट अतिथि शान्तीनाथ अतिथि वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाका निर्वाचित वडासदस्यहरुलाई अविर फुलमाला लगाई सम्मान तथा बधाई दिइएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले भने समुह संगठनसबै मिलेर समुदायमा रहेका विकृति रोक्न सकृय हुनुपर्ने बताए । यस संस्थालाई गाउँपालिकाको तर्फबाट हुने सहयोग गर्ने बचन दिनु भयो । यस्तै गाउँपालिका उपाध्यक्ष नाथले भनि महिलाको पक्षमा काम गर्ने बताउदै महिलाका लागि हाम्रो पहिलो बैठकले राम्रो निर्णय गरेको बताइन । आफुहरुलाई धेरै कुराको ज्ञान नभएको हुन सक्छ तपाईहरुको साथ सहयोगले सबै पुरा हुने बताईन । महिलाका हितको लागि प्रदेश, केन्द्र सम्म पहल गर्ने प्रतिवद्धता समेत जनाईन ।
यस्तै समुहकी अध्यक्ष रोकया बोगटीले आफ्नो संस्था निस्वार्थ भावनाका साथ १२,१३ बर्ष देखि समुदायमा आधारित रहि काम गरिरहेको जनाउदै अहिले सय केन्द्रमा ६९८ जना सदस्य रहेको र २६ वटा समुह रहेको जनाउदै मुनाफा रहित हाम्रो संस्थाले गाउँपालिकालाई पटक पटक अफिस निर्माण गर्नका लागि जमिन मागगर्दा पहुच नपुगेका कारण नमिलेको दुखेसो सुनाउदै नयाँ जनप्रतिनिधीहरुलाई समेत यस संस्थाको बारेमा बुझेर अफिस संचालनका लागि जमिन उपलब्ध गराईदिन अनुरोध गरेकी छिन् ।
समुहका सदस्य जनप्रतिनिधीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको संचालन केन्द्रकी सहजकर्ता गिताराना क्षेत्रीले गरेकी थिइन भने स्वागत मनतब्य पार्वती रानाले गरेकी थिइन ।