धनगढी, १८ जेठ/धनगढीमा अघोषित लोडसेडिङ रोक्न माग गर्दै नेपाल बिद्यार्थी संघले ज्ञापन पत्र समेत बुझाएको छ । बुधबार नेविसंघ कैलालीका बिद्यार्थीहरुले धनगढी बिद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डाललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
एक साता देखी धनगढीमा बिधुत सेवा अनियमित भैरहेकोले बिद्यार्थीहरुले सेवा सहज बनाउन माग गर्दै बिद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डाललाई बुझाएको नेविसंघ कैलाली क्षेत्र नम्बर ५का कार्यवहाक सभापति देवेन जोशीले जानकारी दिए ।
धनगढीमा अनियमित विद्युत अवरुद्ध हुदा परिक्षा दिईरहेका कक्षा १२, स्नातक तहका विद्यार्थीलाई थप सकस भएको छ ।