एम.एड सञ्चालनका लागि डीन कार्यालयका प्रमुखकाे टाेलीद्धारा क्याम्पसकाे अवलोकन,भदौबाट कक्षा सञ्चालन


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
एम.एड सञ्चालनका लागि डीन कार्यालयका प्रमुखकाे टाेलीद्धारा क्याम्पसकाे अवलोकन,भदौबाट कक्षा सञ्चालन

बेलौरी, १८ जेठ/स्नातकोत्तर तहमा शिक्षा संकाय सञ्चालनका लागि डीन कार्यालय प्रशासन प्रमुखकाे टाेली द्धारा महाकाली बहुमुखी क्याम्पसकाे अवलोकन गरिएको छ ।

साेमबार त्रिभुवन विश्वविद्यालय डीन कार्यालयका प्रशासन प्रमुख निरञ्जन खड्का सहितको टाेलीद्धारा क्याम्पसकाे अध्ययन अवलोकन गरिएको हाे । दुईदिने सम्भावना अध्ययन अनुगमनका क्रममा खड्का सहितको टाेलीले क्याम्पसकाे सर्वाङ्गीण पक्षको खुलेरै प्रशंसा गरेको बताइएको छ ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले भने – “हामी सफल भएका छाैं अब भदाै महिना देखि स्नातकोत्तर तह शिक्षा संकाय एमएड का कक्षाहरु सञ्चालनमा आउने छन् । ” महाकाली बहुमुखी क्याम्पस यस क्षेत्रकाे शैक्षिक हव बन्ने निश्चित भएकाले क्षेत्रबासि सबैलाई धन्यवाद छ । उहाँहरूकाे साथ सहयोग र समन्वयले हामी सफल भएका हाै ।”

No description available.

भने, मंगलबार क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह विष्टको अध्यक्षतामा बसेको बैठकले एमएड कक्षा सञ्चालनमा ल्याउने निर्णय समेत गरेको क्याम्पस प्रमुख धर्मराज जाेशीले जनाए ।

बैठकमा पूर्व क्याम्पस प्रमुख प्रेम सिंह बाेहरा, सदस्य केशव राज जाेशी, धनेष दत्त पन्त, टेक बहादुर साउँद, वडा अध्यक्ष भोज राज चौधरी लगायतकाे उपस्थिति रहेको क्याम्पस प्रमुख जाेशीले बताए ।

No description available.

काँग्रेस नेता समेत रहेका सञ्चालक समिति अध्यक्ष बिष्टको एकल प्रयासमा बेलाैरी क्षेत्रमा स्नातकोत्तर तह सञ्चालन हुने भएपछि स्थानीय हर्षित भएका छन् । पूर्व शिक्षक समेत रहेका विष्टले बेलाैरीकाे शिक्षा क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्‍याएकाे भन्दै उनको यतिबेला चाैतर्फी प्रशंसा हुन थालेको छ । भने यसपछि लगत्तै स्नातकोत्तर तहमा बिए र एमबिएसका कक्षा पनि सञ्चालन हुने समितिका अध्यक्ष विष्टले रेडियो सुदूर सञ्चारलाई जानकारी दिए ।

उनले अत्यन्तै मिहिनेतका साथ  वर्षाै देखिकाे सपना साकार भएको समेत बताए । अब दक्षिणीक्षेत्र बेलाैरी, बेलडाँडी, पुनर्वास र लालझाडीका हजारौं गरिब विपन्न वर्गका विद्यार्थीहरुले घर बसेरै गुणस्तरीय उच्चशिक्षा अध्ययन गर्न पाउने भएका छन् ।

No description available.