श्रीमान झुण्डिएको र श्रीमती घरभित्रै घाँटी रेटिएको अवस्थामा मृत फेला


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
श्रीमान झुण्डिएको र श्रीमती घरभित्रै घाँटी रेटिएको अवस्थामा मृत फेला

धनगढी, १७ जेठ।कैलालीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन् ।

श्रीमान घर बाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनका अनुसार घटनास्थलबाट एउटा खुकरी फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।