भजनी नदीमा डुबेर एक जनाको मृत्यु


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
भजनी नदीमा डुबेर एक जनाको मृत्यु

धनगढी, १६ जेठ/कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ कुटी बस्ने ३५ वर्षीय बिनोद राजीको मृत्यु भएको हो।

उनको सोही ठाउँस्थित मोहना नदीमा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। माछा मार्ने क्रममा उनको नदीमा डुबेर आइतबार साँझ मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।