निर्मला पन्त हत्याको अनुसन्धान जारी रहेको छ :प्रधानमन्त्री देउबा


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
निर्मला पन्त हत्याको अनुसन्धान जारी रहेको छ :प्रधानमन्त्री देउबा

काठमान्डौ,१६ जेठ/प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीको अनुसन्धान जारी रहेको बताएका छन ।

उनले  एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गरे। चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले बोल्दै यस्तो बताएका हुन ।  

बलात्कारविरूद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक संसदमा चाँडै प्रस्तुत गरिने समेत देउबाले बताए । 

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति निरूदेवी पालले संविधानमा समानताको हक स्थापित भए पनि अझै आमाका नामबाट नागरिकता पाउन कठिनाइ भएकाले सहज प्रबन्धका लागि सरकारसँग आग्रह गरिन्। 

उनले तेजाब आक्रमणकारी विरूद्धको अध्यादेशलाई विस्थापन गर्न चाँडै कानुन ल्याउन पनि माग गरिन्। 

कार्यक्रममा पूर्वमन्त्री कमला पन्त, थममाया थापा, चन्दा चौधरी, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीलगायतले शोषित, पीडित महिलाका लागि हकअधिकार व्यवहारिक रुपमा स्थापित गर्न सकेमा महिला अधिकार दिवसको सार्थकता हुने बताइन्।
    
वि.सं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित संसद्ले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चिततालगायत चार बुँदे महिला अधिकारका सवालमा संकल्प प्रस्ताव पारित भएको दिनलाई नेपाल सरकारले वि.सं २०७६ देखि राष्ट्रिय दिवसका रूपमा मनाउन थालेको हो।