धनगढी, १६ जेठ । तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका दुई रहेको पुष्टी भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका १४ एच गाँउ फुलबारीका पुरुषोत्तम गोले र तुलसीदेवी तामाङ्ग रहेको जनाईएको छ । उनी दुबै जना श्रीमान् श्रीमाती हुन् ।
आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।