पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
पल शाह प्रकरणकी ‘पीडित किशोरी’ले भनिन् : क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन

काठमाडौं२८ भाद्र। पल (पूर्णविक्रम) शाह प्रकरणमा ‘पीडित किशोरी’ले अदालतको फैसलाअनुसार आफूले क्षतिपूर्ति बापतको रकम नलिने बताएकी छन् ।

फेसबुकमा मंगलबार बेलुका स्टाटस लेख्दै ती किशोरीले क्षतिपूर्ति बापतको रकम लिने आफ्नो मनसाय नरहेको उल्लेख गरेकी छन् ।

यसैसाता नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोगको आरोपमा कलाकार शाहलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । तर, बलात्कारको मुद्दामा पलले सफाइ पाएका थिए ।

पीडित किशोरी लेख्छिन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन । क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय पनि छैन । म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु । यहाँहरुको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगीतिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।’

साथै, पीडित किशोरीले सामाजिक संजालमा आफूविरुद्ध बनेका लज्जास्पद तस्वीर र गालीगलौजले गर्दा मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी छन् ।

‘कृपया आफ्नै घरको घटनाजस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’ उनले लेखेकी छन् ।

ती किशोरीले शाहविरुद्ध दायर गरेको अर्को उजुरीमाथि आगामी चैत २ गते तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।