कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
कैलालीमा खैरो हेरोइनसहित युवक पक्राउ

धनगढी, ४ असोज ।कैलालीमा लागुऔषधिसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरिया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोमबार उनलाई भजनी नगरपालिका–३ कुसुमघाटस्थित नेपाल–भारत सीमाक्षेत्रबाट करिब ७ सय ५० मिलीग्रामसहित खैरो हेरोइनसहित सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।