अनसनरत डा. केसीलाई विशिष्टीकृत अस्पतालमा रेफर गर्न चिकित्सकको सुझाव


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
अनसनरत डा. केसीलाई विशिष्टीकृत अस्पतालमा रेफर गर्न चिकित्सकको सुझाव

धनगढी , ३ भाद्र । कैलालीको धनगढीमा अनसनरत प्रा.डा. गोविन्द केसीको मुटुको धडकनमा गडबडी भएको सेती प्रादेशिक अस्पतालले बताएको छ । अस्पतालका प्रवक्ताले सोमवार (आज ) बिहान प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीको मुटुको धडकनमा गडबडी भएको बताएका हुन् ।

डा. केसीको पेट देख्ने, दिशा कालो भएको, धेरै कमजोरी, टाउको दुख्ने, रिङटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी दुख्ने, बाउडिने र सुक्दै गएको, रक्तचाप घट्दै गएको, श्वासप्रश्वास दर बढ्दै गएको, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको, तौल घट्दै गएको जनाएका छन् । पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको, पोषण तत्वहरू र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको जनाइएको छ ।

रक्तश्रावमा गडबडी भई अंग र प्रणाली खराब हुनसक्ने वा ज्यान जोखिममा पर्नसक्ने सम्भावित जटिलता देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अस्पतालले थप जोखिम हुनसक्ने जटिलताहरू आउन सक्ने भएकाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा रेफरका लागि चिकित्सकले सल्लाह दिएका छन् ।

विभिन्न सात बुँदै माग राख्दै सत्याग्रही केसीले सोमबारदेखि धनगढी उपमहानगरपालिका–१ एलएन चौकस्थित कृष्ण मन्दिरको धर्मशालामा आफ्नो २० औं सत्याग्रह थालेका थिए । तर, तेस्रो दिनबाट स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

No photo description available.