सुनको मूल्य घट्यो, चाँदीको स्थिर


लेखक : BP Regmi      ३ हप्ता अगाडि मा प्रकाशित     
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

२७ भदौ, काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

सोमबार छापावाला सुनको प्रतितोला मूल्य ९३ हजार ६०० र तेजावी सुनको प्रतितोला मूल्य ९३ हजार १०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजावी सुन ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार १५० रुपैयाँ तोकिएको छ ।


Share via
Copy link
Powered by Social Snap