भोली देखि बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्राको खोप दिइने


लेखक : BP Regmi      १ महिना अगाडि मा प्रकाशित     
 भोली देखि बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्राको खोप दिइने

धनगढी, ४ भाद्र / सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा  ५ वर्ष देखि  १२ वर्ष भन्दा मुनिका बालबालिकालाई (आइतबार) देखि कोरोनाको पहिलो मात्राको  खोप दिइने  भएको  छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना विरुद्धको खोप नपाएका बालबालिकालाई भोलि ५ गते देखि ११ गते सम्म पहिलो मात्राको फाईजर खोप दिइन लागेकोे छ ।

यो खोप पाउनेमा प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा,बैतडी र दार्चुला जिल्ला रहेका छन् । यी जिल्लामा दोस्रो मात्रा भाद्र २७ देखि असोज १ सम्म दिइने भएको  छ ।


Share via
Copy link
Powered by Social Snap