कुहिन थाल्यो बडिकेदारको अदुवा


लेखक : BP Regmi      १ महिना अगाडि मा प्रकाशित     
कुहिन थाल्यो बडिकेदारको अदुवा

डोटी २ भदौ । डोटीको बडिकेदार गाउपालिकामा किसानले लगायको अदुवा बारीमै कुहिन थालेको छ ्अज्ञात रोग र किराले अदुवा काटन थाले पछी गाउपालिकाको वडा नम्बर २,३,४,र ५ मा किसानले लगायको अदुवा कुहिन थालेको हो।

किराले काटेपछि अदुवा पुरै पहिलो भयको र कुहिन थाले पछी किसान चिन्तित भयका छन पुषभरिको आम्दानीको श्रोत मानिने अदुवा यस पालि बारीमै कुहिन थाले पछी आम्दानीको श्रोत घट्ने र घर खर्च चलाउन मुस्किल हुने स्थानि देब बहादुर चन्दले बताए ।

स्थानीय सरकारले औषधि सहित तत्काल्नै कृषि प्राबिधिक खटाएर लाखै रुपैया को अदुवा नस्ट हुन बाट बचाई दिन स्थानीयले माग गरेका छन ।  विशेष गरि बडिकेदार गाउपालिका अदुवा खेतीको पकेट क्षेत्र मानिन्छ  ।

गाँउ–गाँउमा सडक पुगेपछि अदुवाको राम्रो ब्यापार हुने आसामा रहेका किसान अहिले मारमा परेका छन  ।  पछिल्लो समय अदुवाको मूल्य घट्दै जानु रोग र किराको प्रकोप हुनु परम्परागत सैलिमा अदुवा खेति गरिनु लगायतले गर्दा अदुवा खेति यस ठाउमा घट्दै गएको छ। 


Share via
Copy link
Powered by Social Snap